दफा
बोर्डको कार्यालय
 (१) बोर्डले स्वीकृत गर्नु पर्ने परियोजना लगानीको जाँचबुझ गरी स्वीकृतिका लागि बोर्ड समक्ष सिफारिस गर्न एक लगानी बोर्ड कार्यालय रहनेछ ।
(२) कार्यकारी प्रमुख पुरा समय काम गर्ने कार्यालयको प्रमुख पदाधिकारी हुनेछ ।
(३) कार्यालयले आवश्यक देखेमा बोर्डको स्वीकृति लिई सल्लाहकार वा नेपाली विशेषज्ञको समूह गठन गर्न सक्नेछ ।
तर नेपाली विशेषज्ञ उपलब्ध नभएको अवस्थामा विदेशी विशेषज्ञको सेवा लिन सकिनेछ ।
(४) कार्यालयले आवश्यक देखेमा सम्बन्धित विषयको विशेषज्ञ, उद्यमी, व्यवसायी, लगानीकर्ता वा नेपाल सरकारको कुनै पनि निकायको अधिकृत वा कुनै सरकारी स्वामित्वमा रहेको सङ्गठित संस्थाको कुनै कर्मचारीलाई कार्यालयको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(५) परियोजना लागानीको जाँचबुझ तथा मूल्याङ्कन सम्बन्धी कार्यविधि बोर्डले निर्धारण गरे बमोजिम हुनेछ ।